बिदेश अनि ब्रायन एडम्सको नेपाल यात्रा

Tags

, ,

नेपालमा रहेका साथीभाईहरु जो ब्रायन एडम्सको गीत-सँगीतलाई माया गर्छन र उनको एक झलकको लागी आफ्नो मासिक कमाईको केही हिस्सा रकम महँगो टिकटको निम्ति खर्चिन तयार छन्, उनीहरुको लागी भोलि नेपालमा हालसम्म आएका एकमात्र अन्तराष्ट्रिय गायक कलाकारको स्वरमा झुम्ने अवसर प्राप्त हुनेछ।

Bryan Adams in Nepal

साच्चैनै यो कन्सर्टले नेपालको ख्याति अन्तरराष्ट्रिय स्तरमा पुर्याउन सहयोग पुग्नेछ किनभने ब्रायन एडम्स साच्चैनै बिश्वचर्चित कलाकार हुन र उनको नेपाल आगमनलाई बिदेशी मिडियाहरुले प्रमुखताका दिनेछ जसको कारण नेपालले आफूलाई अझ बढि विश्वसामु चिनाउन सक्नेछ।

म पनि ब्रायन एडम्सको एक प्रमुख शुभेक्छुक (फ्यान)  हुँ। मलाई याद भएसम्म शायद मैले ब्रायन एडम्सको पहिलो गित आइ. एस्सी. पढ्दाताका सुनेको हुँ र उनको मैले सुनेको पहिलो गित सायद Please Forgive me.. हुनुपर्छ र यो गित एउटा Just for you भन्ने एल्बममा थियो जुन त्यतिवेला निकैनै चर्चित थियो र भर्खर अँग्रेजी गित सुन्न पल्केका हरुको लागि पहिलो रोजाईको एल्बम पनि थियो, सायद सरल शब्दहरु रहेका तत्कालीन हिट गीतहरुको कम्पाईलेसन एल्बम भएर हुनसक्छ।  त्यसपछि नै बिस्तारै अँग्रेजी गित र गायकहरु प्रतिको मेरो चासो बढ्न थाल्यो। क्रमश: ब्रायन एडम्सका सफ्ट रक गितहरुबाट बिस्तारै मेरो सँगीतको रुचि रक र हेभी मेटलतिर बढ्न थाल्यो र अझै पनि शुरुका दिनहरुमा फेबरेट लाग्ने गायक र ब्यान्डहरु जस्तै ब्रायन एडम्स, मेटालिका, गन्स एन्ड रोजेज, लेड जेप्लिन, डिप पर्पल,  द बिटल्स, स्करपियन्स आदि अझै पनि उत्तिकै प्रिय लाग्छन्, ति चाहे सफ्ट रक, हेभी मेटल, रक एन्ड रोल वा पप नै किन नहोस्।

सँगीतको कुनै भाषा र सँस्कुति हुदैन, सुन्दा मेलोडियस लाग्ने जुनसुकै भाषाको सँगीतले हामीलाई लोभ्याउन सक्दछ। उदाहरण स्वरुप म सर्बप्रथम दक्षिण कोरीया आँउदा कोरियन सिनेमाहरु नेपालमा रहँदा केहि फ्याट् फुट्ट हेरेपनि यहाँको सँगितको बारेमा केहि ज्ञान थिएन। तर आजकल यहाँका पनि केहि सँगीतहरु मलाई मनपर्छ र सम्पूर्ण शब्दहरु नबुझेपनि सँगीतको मेलोडीले कता कता तानिरहेको हुन्छ। त्यसैले ब्रायन एडम्सको नेपाल आगमनलाई पाश्चात्य सँगीतको प्रभावको रुपमा नबुझेर यसलाई नेपाललाई अन्तराष्ट्रिय कलाकारहरुको गन्तव्यस्थलको रुपमा परिणतगरी उनीहरुको सँगीत र बिश्वब्यापिकरणको फाईदा लिई नेपाल पर्यटन बर्ष २०११ र नेपाली पर्यटन क्षेत्रलाई दिर्घकालीन रुपमा सफल पार्ने रणनितिको रुपमा निर्माण गर्न सकिन्छ।  

शायद नेपालमा भएको भए जसरी भएपनि कन्सर्टमा साथीहरुसँग झुम्ने वातावरण बन्थ्यो होला तर यहाँ रहेर भएपनि भोलि दशरथ रँगशालामा ब्रायन-सँगीतमा झुम्न जाने सम्पूर्ण साथीहरुलाई शुभकामना र ब्रायन एडम्सका Everything I do..,  Summer of 69′,  Heaven,  Here I am, Please forgive me..,  Let’s make a night to remember..,  Run to you आदि र अन्य चर्चित गीतहरु सुन्दै आफ्नो प्रिय गायकलाई आफ्नो आँखा अगाडी देख्ने मौका पाउने साथीहरुलाई बधाई!!!

अन्त्यमा, ब्रायन एडम्सका धेरै चर्चित गीतहरुमध्ये मलाई मनपर्ने Heaven यहाँ राखेको छु।

मेरो ब्लगिङ र बर्ष २०११

Tags

,

ब्लगमा केही नयाँ लेख राख्छु भन्दा भन्दै गीतहरु मात्र अपडेट गर्दे बसेको पनि निकै समय वितिसकेछ। हुन त समय नभएर पनि होला, तर फुर्सद हुने वित्तिकै हिन्दी वा अँग्रेजी अनि राम्रा नयाँ वा पुराना क्लासिक चलचित्र कता छन् भन्दै हेर्न बसिहाल्ने वानीले पनि समय नदिएको हो कि भन्ने मेरो मेरो ठम्म्याई हो। (अली प्रचन्डे पारा पो भएछ..हा हा।)

अब यो ब्यबसाहिक लेखक नभएपछि लेख्न खासै मन पनि जाँदो  रहेनछ। लेख्यो आफैलाई के लेखे के लेखे जस्तो लाग्ने। फेरी लेख्न सुरु गर्यो के बिषयमा लेखु भन्ने सधैको समस्या। अरु ब्लगहरु यसो हेर्यो कोहि आफ्नै प्रर्यासमा केहि लेख्दै छन् त कोहि अर्काको टाँसो दुरुस्त आफ्नो ब्लगमा कपि-पेष्ट गर्नपनि भ्याएकै छन्। आफ्नै प्रयासमा कतै बाट सन्दर्भ सामाग्री लिएर नियमित ब्लगीङ गर्ने साथीहरुलाई त मान्नै पर्छ बा।।  आफ्नो त ढँग भए पो। फेरी अर्काको टाँसोलाई आफ्नो टाँसो बनाएर टाल्ने साथीहरु देखि पनि ईर्ष्या लागेर आउछ, कमसेकम त्यती गर्ने आँट भएको भएपनि त   अहिले सम्म  मेरो ब्लगमा  पनि  थुप्रै लेखहरु हुन्थे होलान्, आर्काईव सेक्सनमा जाँदा एउटै महिनामा वाह! कति लेख रहेछन है भन्दै मख्ख पनि परिन्थ्यो होला?

ब्लगीङ आफैमा रमाईलो छ। आफ्नो मनमा केहि विचार आयो फ्याट्ट लेखिदियो अनि प्रकाशित गर्यो। तर पनि लेख्नलाई मनमा केहि त फुर्नु पर्यो। अब आफू परीयो साईन्सको बिध्यार्थी, साहित्य कसरी फुराउने भन्ने अर्को धौ धौ सधै। हुन  त  साईन्सको बिषयमा लेखेपनि त हुने कस्ले छेक्या छ र? डा. तिर्थराज श्रेष्ठ अनि डा. दयान्नद बज्राचार्यले जस्तै नेपालीमा साईन्स सम्बन्धि लेख लेखे पनि त हुने। तै पनि लेख्न गारो काम हो बा। फेरी ब्लगमा पनि के को साईन्स नि भन्दै दिमागले ठाँउ नै  दिदैन? अब आज पनि हेर्नुस न के लेख्छु भन्दै थिए, आफ्नै लेखन पाराको बारेमा लेख्दा लेख्दै यहाँ आईपुगेछु।

हेर्दाहेर्दे अब २०१० पनि बिदा हुन लागिसकेको रहेछ। समय बित्न केहि गारो हुँदो रहेनछ। २०१० लाई स्वागत गरेको भर्खर जस्तो लाग्दै छ, विदाई गरेर २०११ लाई स्वागत गर्ने तरखरमा पो पुगीसके छौँ। यसै सन्दर्भमा “समय पँछी हो खुला यसको बन्धन बाधेर बाँधीदैन उड्छ निरन्तर” भन्ने धेरै पहिला सुनेको गीत याद आयो। सायद नबिर्सेको भए डेनी डेनजोम्पाको स्वरमा हुनुपर्छ यो गीत, तर चलचित्र चाँहि याद भएन। हुन त ३१ डिसेम्बर, २०१० र  जनवरी १ २०११ को विहानीमा खास फरक हुदैन तर पनि हामी सबै १ जनवरीको बिहानलाई महत्व दिन्छौ किनभने नयाँ सालबाट हामीले नयाँ कुराको अपेक्छ्या राखेका हुन्छौ। कोही   ब्यक्तिलाई गएको सालमा मिठा  पलहरुले  स्वागत गरे होलान् त कसैलाई तिता यादहरु पनि दिएर गए होलान्। जे होस सँसारको रितनै यो हो कि हामीले कुनै समय साच्चैनै मिठो र स्मरणीय पलहरु भोगेका हुन्छौ त कुनै समय निकै नै तितो र बिर्सनयोग्य पलहरु पनि भोग्न बाध्य हुन्छौँ। त्यसैले त भनिन्छ समयजस्तो बलवान कोही   पनि   छैन भनेर।

जस्तो  सुकै र जे भएपनि हामीले भबिष्यलाई देखेका हुदैनौ र समयले मानिसलाई कहाँ पुर्याउछ भन्ने पनि थाहा हुदैन। त्यसैले २०११ लाई सबै मिलेर राम्रो र उल्लासपूर्ण वातावरणमा स्वागत गरौँ किनकी यो सालमा विश्व  लगायत  हाम्रो जीवनमा  पनि  के कस्ता घटना घट्छ भन्ने भविष्यको गर्भमा नै छ। हामी यतिमात्र कामना गर्न सक्छौ कि आउने बर्षमा हाम्रो देशका नेताहरुको बुद्दि पलाओस् , जनताको सँबिधान चाँडो भन्दा  चाँडो   बनोस्, शान्ति प्रकृया चाडो निश्कर्षमा पुगोस्, जनताले देशमा लोडसेडिङ र महँगीको मार खेप्न नपरोस्, बिदेशमा रहेका सम्पूर्ण युवाहरुलाई स्वदेशमा रोजगारीको ब्यवस्था भएर आफ्नो देश फर्कने बातावरण बनोस्।

अन्त्यमा,  यस  ब्लगका सम्पूर्ण पाठकहरुको  बर्ष २०११ अत्यन्त उल्लासपूर्ण वातावरणमा बितोस भन्ने कामना अनि  यो ब्लगले यसैगरी  सधैँ  यहाँहरुको माया पाईरहोस भन्ने कामनासहित ” नयाँ   बर्ष २०११ को हार्दिक मँगलमय शुभकामना.”……..अस्तु!!!!!!!!!!!!!!

MERO PARIBESH

Your Guide To Nepali Music

Skip to content ↓

Skip to toolbar