• Listen Nepali Songs
  • Nepal-A Heaven in Asia
  • About Me
  • Privacy Policy
  • Contact Us

MERO PARIBESH

~ Your Guide To Nepali Music

MERO PARIBESH

Tag Archives: Music

बिदेश अनि ब्रायन एडम्सको नेपाल यात्रा

18 Friday Feb 2011

Posted by Kabir in यताउता बाट

≈ Leave a comment

Tags

Bryan Adams, Music, Nepal

नेपालमा रहेका साथीभाईहरु जो ब्रायन एडम्सको गीत-सँगीतलाई माया गर्छन र उनको एक झलकको लागी आफ्नो मासिक कमाईको केही हिस्सा रकम महँगो टिकटको निम्ति खर्चिन तयार छन्, उनीहरुको लागी भोलि नेपालमा हालसम्म आएका एकमात्र अन्तराष्ट्रिय गायक कलाकारको स्वरमा झुम्ने अवसर प्राप्त हुनेछ।

Bryan Adams in Nepal

साच्चैनै यो कन्सर्टले नेपालको ख्याति अन्तरराष्ट्रिय स्तरमा पुर्याउन सहयोग पुग्नेछ किनभने ब्रायन एडम्स साच्चैनै बिश्वचर्चित कलाकार हुन र उनको नेपाल आगमनलाई बिदेशी मिडियाहरुले प्रमुखताका दिनेछ जसको कारण नेपालले आफूलाई अझ बढि विश्वसामु चिनाउन सक्नेछ।

म पनि ब्रायन एडम्सको एक प्रमुख शुभेक्छुक (फ्यान)  हुँ। मलाई याद भएसम्म शायद मैले ब्रायन एडम्सको पहिलो गित आइ. एस्सी. पढ्दाताका सुनेको हुँ र उनको मैले सुनेको पहिलो गित सायद Please Forgive me.. हुनुपर्छ र यो गित एउटा Just for you भन्ने एल्बममा थियो जुन त्यतिवेला निकैनै चर्चित थियो र भर्खर अँग्रेजी गित सुन्न पल्केका हरुको लागि पहिलो रोजाईको एल्बम पनि थियो, सायद सरल शब्दहरु रहेका तत्कालीन हिट गीतहरुको कम्पाईलेसन एल्बम भएर हुनसक्छ।  त्यसपछि नै बिस्तारै अँग्रेजी गित र गायकहरु प्रतिको मेरो चासो बढ्न थाल्यो। क्रमश: ब्रायन एडम्सका सफ्ट रक गितहरुबाट बिस्तारै मेरो सँगीतको रुचि रक र हेभी मेटलतिर बढ्न थाल्यो र अझै पनि शुरुका दिनहरुमा फेबरेट लाग्ने गायक र ब्यान्डहरु जस्तै ब्रायन एडम्स, मेटालिका, गन्स एन्ड रोजेज, लेड जेप्लिन, डिप पर्पल,  द बिटल्स, स्करपियन्स आदि अझै पनि उत्तिकै प्रिय लाग्छन्, ति चाहे सफ्ट रक, हेभी मेटल, रक एन्ड रोल वा पप नै किन नहोस्।

सँगीतको कुनै भाषा र सँस्कुति हुदैन, सुन्दा मेलोडियस लाग्ने जुनसुकै भाषाको सँगीतले हामीलाई लोभ्याउन सक्दछ। उदाहरण स्वरुप म सर्बप्रथम दक्षिण कोरीया आँउदा कोरियन सिनेमाहरु नेपालमा रहँदा केहि फ्याट् फुट्ट हेरेपनि यहाँको सँगितको बारेमा केहि ज्ञान थिएन। तर आजकल यहाँका पनि केहि सँगीतहरु मलाई मनपर्छ र सम्पूर्ण शब्दहरु नबुझेपनि सँगीतको मेलोडीले कता कता तानिरहेको हुन्छ। त्यसैले ब्रायन एडम्सको नेपाल आगमनलाई पाश्चात्य सँगीतको प्रभावको रुपमा नबुझेर यसलाई नेपाललाई अन्तराष्ट्रिय कलाकारहरुको गन्तव्यस्थलको रुपमा परिणतगरी उनीहरुको सँगीत र बिश्वब्यापिकरणको फाईदा लिई नेपाल पर्यटन बर्ष २०११ र नेपाली पर्यटन क्षेत्रलाई दिर्घकालीन रुपमा सफल पार्ने रणनितिको रुपमा निर्माण गर्न सकिन्छ।  

शायद नेपालमा भएको भए जसरी भएपनि कन्सर्टमा साथीहरुसँग झुम्ने वातावरण बन्थ्यो होला तर यहाँ रहेर भएपनि भोलि दशरथ रँगशालामा ब्रायन-सँगीतमा झुम्न जाने सम्पूर्ण साथीहरुलाई शुभकामना र ब्रायन एडम्सका Everything I do..,  Summer of 69′,  Heaven,  Here I am, Please forgive me..,  Let’s make a night to remember..,  Run to you आदि र अन्य चर्चित गीतहरु सुन्दै आफ्नो प्रिय गायकलाई आफ्नो आँखा अगाडी देख्ने मौका पाउने साथीहरुलाई बधाई!!!

अन्त्यमा, ब्रायन एडम्सका धेरै चर्चित गीतहरुमध्ये मलाई मनपर्ने Heaven यहाँ राखेको छु।

Share

  • Share on Facebook (Opens in new window) Facebook
  • Share on X (Opens in new window) X
  • Email a link to a friend (Opens in new window) Email
  • Print (Opens in new window) Print
  • Share on LinkedIn (Opens in new window) LinkedIn
  • Share on Pinterest (Opens in new window) Pinterest
  • Share on Tumblr (Opens in new window) Tumblr
  • Share on Reddit (Opens in new window) Reddit

Like this:

Like Loading…

Calendar

August 2026
M T W T F S S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
« Nov    

Blogs

  • My Sansar

Download sites

  • Download Computer Software

Entertainment sites

  • Bollywood Hungama
  • Canadanepal
  • D. C. Nepal
  • Dailymotion Videos

International News

  • ABC News
  • BBC News
  • CBS News
  • CNN News
  • M.S.N.B.C
  • Reuters News
  • The New York Times
  • Times of India

LIVE Nepali FM

  • Hits FM 91.2
  • Kalika FM
  • Radio Kantipur
  • Radio Sagarmatha 102.4

Nepali News

  • Annapurna Post
  • Himal Khaber Patrika
  • Kantipur Daily
  • Nagarik News
  • Naya Patrika
  • Nepali Online News
  • The Himalayan Times

Overseas Nepali News

  • Sajha.com

Social Networking

  • Facebook
  • My_Space
  • Twitter

Recent posts

  • सपना र सम्झना
  • सबसे सुरक्षित ठाउँ
  • बिदेश अनि ब्रायन एडम्सको नेपाल यात्रा

Category cloud

मेरो आफ्ना कुरा यताउता बाट

Blog pages

  • About Me
  • Contact Us
  • NEPAL-A HEAVEN IN ASIA
  • Privacy Policy

Archives

Categories

META

  • Register
  • Log in
  • Entries feed
  • Comments feed
  • WordPress.org

Flag Counter

visitors by country counter
flag counter

Recent Comments

chinobazaar's avatarchinobazaar on नेपाली सदाबहार कर्णप्रिय गीतहर…
Deepak acharya's avatarDeepak acharya on नेपाली सदाबहार कर्णप्रिय गीतहर…
Ramoj Parajuli's avatarRamoj Parajuli on नेपाली सदाबहार कर्णप्रिय गीतहर…
A neel Mahat's avatarA neel Mahat on नेपाली सदाबहार कर्णप्रिय गीतहर…
Suresh koirala's avatarSuresh koirala on नेपाली सदाबहार कर्णप्रिय गीतहर…

Tag Clouds

Bryan Adams Gulam Ali Music Narayan Gopal Nepal Nepali language Nepali songs नयाँ बर्ष नेपाल नेपाली बिदेश

RSS feed: CNN Newsdeed CNN Newsdeed

  • Trump pleads not guilty to 34 felony counts
  • READ: Trump indictment related to hush money payment
  • Russian authorities detain suspect over St. Petersburg cafe blast
  • Hundreds of millions at risk from Chinese shopping app malware
  • The haunting Masters meltdown that changed Rory McIlroy's career April 9, 2024
    Slumped on his club, head buried in his arm, Rory McIlroy looked on the verge of tears.
  • Scientists film deepest ever fish on seabed off Japan April 18, 2023
    Cruising at a depth of 8,336 meters (over 27,000 feet) just above the seabed, a young snailfish has become the deepest fish ever filmed by scientists during a probe into the abyss of the northern Pacific Ocean.
  • See the world's deepest fish April 12, 2023
    Scientists captured the unknown snailfish species at a depth of more than 27,000 feet, as part of an expedition in trenches off Japan.

RSS feed: BBC Nepali News BBC Nepali News

  • मृतकको सङ्ख्या बढ्दो क्रममा, भोटेकोशी नदीमा फेरि बाढी 'आउन सक्ने जोखिम'
    रसुवामा बुधवार स्थानीय भोटेकोशी नदीमा अचानक आएको विनाशकारी बाढीका कारण धनजनको ठूलो क्षति भएको छ।
  • 'दुई यातायात कम्पनीका मात्रै ४१ वटा यात्रुवाहक सवारीसाधन बेपत्ता' August 27, 2026
    अहिलेसम्म समग्रमा दुई सय वटा सवारीसाधन बेपत्ता भएको लिखित रूपमा जानकारी आफूहरूले प्राप्त गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिवले बीबीसीलाई बताएका छन्।
  • केरुङ पुगेका नेपाली 'सुरक्षित', चीनसँगको सीमा क्षेत्रबाट हराएकाहरूको 'यकिन विवरण छैन' August 27, 2026
    सीमाबिन्दुमा पुगेका नेपालीहरूको स्पष्ट तथ्याङ्क चिनियाँ पक्षबाट पनि पुष्टि हुन नसकेको ल्हासास्थित नेपाली महावाणिज्यदूतावासले जनाएको छ।
  • त्रिशूली बाढीको असर कम गर्न सकिने सम्भावना कति थियो August 27, 2026
    बुधवार अचानक आएको बाढीले निकै कम समयमा ठूलो क्षति पुर्‍याएको घटनाक्रममाझ विज्ञहरूले पूर्वसूचना प्रणालीमै परिवर्तन गर्नुपर्ने बताएका छन्।
  • सयौँ विदेशी पर्यटक सम्पर्कविहीन, कुन देशका कति August 27, 2026
    ३३ देशका ६४४ जना पर्यटकहरू अझै सम्पर्कभन्दा बाहिर रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ।

RSS feed: Mysansar News Mysansar News

  • परदेश गएपछि हुने रोमिङको लफडा July 10, 2026
    देश छाडेर परदेश लागेपछि सबैभन्दा पहिले टुट्ने कुरा के होला? घरको खाना? नेपाली भाषा? चिनजानका मान्छे? होइन, सबैभन्दा पहिले टुट्ने त मोबाइलको इन्टरनेट कनेक्सन पो रहेछ। नेपालबाट विमान उडुन्जेलसम्म मोबाइलमा इन्टरनेट हुन्छ। विमान अवतरण गरेपछि भने मोबाइलको स्क्रिनमा नेटवर्कको साटो अनेकथरी अपरिचित नाम देखिन थाल्छन्। एयरपोर्टले फ्री वाइफाइ दिएको हुन्छ नि भन्ने लाग्न सक्छ। तर… […]
  • माइसंसारले दिएको संसार : भेटिएका साथीहरु, नभेटिएकी लुना July 5, 2026
    २१ वर्षअघि माइसंसार सुरु गर्दा मैले ब्लग लेखिरहेको थिएँ। तर थाहा नपाई–नपाई म एउटा आफ्नै संसार पनि बनाइरहेको रहेछु। आज फर्केर हेर्दा कहिलेकाहीँ आफैँलाई अचम्म लाग्छ, एउटा सानो ब्लगले मान्छेको जीवनमा यति ठूलो बाटो बनाइदिन सक्छ र? माइसंसार सुरु भएको २१ वर्ष भइसकेछ। त्यतिबेला न अहिले जस्तो फेसबुक थियो, न इन्स्टाग्राम, न टिकटकको संसार। सामाजिक… […]
  • लिथुआनिया जानुअघि दिल्लीसँगको संघर्ष June 27, 2026
    यो लिथुआनिया यात्राको कथा कम, भिसा यात्राको कथा बढी हो। नेपालफ्याक्टचेक इन्टरनेसनल फ्याक्ट चेकिङ नेटवर्क (IFCN) को सिग्नेटरी बनेपछि पनि विभिन्न कारणले विश्वभरका फ्याक्ट चेकरहरूको वार्षिक सम्मेलनमा सहभागी हुन पाइएको थिएन। सारायभोमा भएको सम्मेलनमा त प्रस्तुतिका लागि छनोट भएर पनि अन्तिममा जान सकिएन। त्यसैले यसपालि भने धेरै पहिलेदेखि नै योजना बनाएको थिएँ। सम्मेलन हुने देश… […]
  • २५ वर्ष पुग्यो दरबार हत्याकाण्ड : रिपोर्टमा के थियो? June 2, 2026
    दरबार हत्याकाण्ड छानबिन — एक विश्लेषण २०५८ जेठ १९ गते नारायणहिटी दरबारमा ज्यान गुमाएका व्यक्तित्वहरू नेपाल इतिहास • विशेष विश्लेषण दरबार हत्याकाण्डछानबिन एउटा ऐतिहासिक छानबिन समिति, एउटा प्रतिवेदन, र त्यसभित्र लुकेका अनौठा प्रश्नहरू २०५८ जेठ १९ • काठमाडौँ ↓ १ समिति गठन तीन जना, एउटा ऐतिहासिक जिम्मेवारी राजा, रानी र युवराजसहित १० जनाको ज्यान गएको… […]
  • नेपालको कारागारमा विपश्यनाको उज्यालो May 19, 2026
    कारागारभित्रको मौन क्रान्ति नेपालका कारागार · वैज्ञानिक अध्ययन २०२२–२०२४ कारागारभित्रकोमौन क्रान्ति फलामका डन्डी र रिसले भरिएको ठाउँमा कसरी एउटा पुरानो ध्यान विधिले १,४२० कैदीको जीवन बदल्यो — एउटा वैज्ञानिक प्रमाणको कथा तल स्क्रोल गर्नुहोस् पहिले बुझौँ विपश्यना भनेको के हो? यो कुनै धर्म होइन, कुनै रहस्यमय जादु होइन। यो एउटा मानसिक प्रशिक्षण विधि हो —… […]
  • फोहरी खबर: अनलाइनको ‘पाद’ समाचारमा लैङ्गिक विभेदको गन्ध April 29, 2026
    पत्रकारिता कहिलेकाहीँ यति गम्भीर हुन्छ कि पादलाई पनि गम्भीर बनाइदिन्छ। अनि कहिलेकाहीँ यति हल्का हुन्छ कि विज्ञानलाई पनि मजाक बनाइदिन्छ। यसपटकको ब्लग यिनै दुईको बीचमा अड्किएको छ। नाक थुन्ने कि हाँस्ने भन्ने निर्णय पाठकले आफैं गर्नुपर्ने खालको। विदेशी पत्रिका The Washington Post ले एकदमै सीधा प्रश्न सोध्यो—पुरुष र महिलामध्ये कसको पाद बढी गन्हाउँछ? विज्ञानले नलजाईकन… […]

Blog hit counter

hit counter
hit counter


Free Hit Counters

World map Counter

world map hits counter
map counter

Meta

  • Register
  • Log in
  • Entries feed
  • Comments feed
  • WordPress.org

Author

  • Kabir's avatar

Follow via Email

Enter your email address to follow this blog and receive notifications of new posts by email.

Join 760 other subscribers

Image Gallery

This slideshow requires JavaScript.

Search

Follow this Blog

Join 760 other subscribers
View Kabir Lamsal's profile on LinkedIn




Join me in Twitter

Follow kabirlamsal on Twitter

Twitter Page of This Blog

Follow meroparibesh on Twitter

A WordPress.com Website.

Loading Comments...
%d