आजकल नेपाली समाचारका साईटहरु हेर्दा लाग्छ, फेरी जनआन्दोलन सुरु हुन लागेको हो। यि समाचार हेर्दाहेर्दै मेरो मनमा एउटा बिचार आयो, के नेपालमा लोकतन्त्र आएको हैन र? फेरी यो आन्दोलन किन र के का लागी? के यो लोकतन्त्र नपचेर राजा फर्काउने आन्दोलन हो? नत्र आन्दोलन किन? नेताहरुका यिनै कृयाकलापहरु देखेर धेरै टटस्थ जनताहरु राजतन्त्र नभएर यो परिस्थिति आएको हो भन्ने विचार गर्न पनि थालिसके। उदाहरणको रुपमा हालैको पूर्व राजा र युवराजको अभिब्यक्ति अनि जयजयकार गर्ने जनसमुहलाई लिन सकिनछ। कुनै पनि लोकतान्त्रिक देशमा पार्टिहरु मिलेर बार्ताबाट समस्याको समाधान गर्ने उपाय हुँदाहुँदै कुनै निरंकुस शासनबिरुदृ गर्न लागिएको आन्दोलनजस्तो किन? माओबादिहरु जनताको लागी गरिएको आन्दोलन भन्दै जनतालाईनै दु:ख दिइरहेका छन्। नेपाली जनताहरुले यो स्थिति अझ कतिदिन सहनु पर्ने हो? के नेपाली पार्टिहरुलाई आन्दोलन गर्न सिबाय नेपाल र नेपाली जनताहरुको हितमा सोच्ने फुर्सद छैन?

हिजो एक्कासि केहि समयको लागि मन फुरुङ्ग भयो किनभने सुनियो, नेपाल उध्योग बाणिज्य महासँघ ले तिन पार्टिका टाउके नेताहरुलाई बोलाएर अन्तिम निकासको लागि प्रयास गर्दैछ रे। अब भने केहि सहमति हुने भयो भनेर। तर आयोजकहरुले जनताको प्रतिनिधित्व गरेर कार्यक्रम गरेपनि माओबादी कमरेड प्रचन्डले जनता भनेका उनीहरुको आन्दोलनलाई समर्थन गर्ने मात्र हुन् भनेर बुझाउन खोजे, कति हाँस्यासपद छ हाम्रो देशका नेता र हाम्रो देशको राजनिति। जनताले राखेको कार्यक्रम हुनाले नेताहरु अलि सौम्य र शान्त शैलीमा सहमतिर जालान भन्ने आशाले कम्प्युटरतिर खाना खान पनि विर्सेर टोलाइरहे तर अन्तिम परिणाम केहि निस्केन, आयोजकहरुले यस्तै भईरहयो भने जनता चुप लागेर बस्ने छैनन भनेर अन्त्यमा भन्नु सिवाय। हाम्रो देश यसरी आन्दोलन, बन्द, चक्काजाम, लुटपाट र भ्रष्टाचारको चँगुलमा कतिदिन फस्ने हो? कति दिनसम्म पार्टिलाई नहेरेर देशलाई मायागर्ने जनताले दु:ख पाउने हो?

सँविधान बनाउनुपर्ने दिन नजिकिदै गर्दा जनताहरुले आशा गरेअनुरुपको जनसँविधान नेताहरुले देलान भन्ने आशा गर्दा गर्दै वेमौसमी आन्दोलनलको लागि चन्दा दिन जनता बाध्य छन। कति निरीह हुनु परेको छ नेपाली जनतालाई, नेपालीहरुले यस्तै परिस्थिती अझ कति सहनु पर्ने हो? मलाई लाग्छ, आन्दोलन हुदैछ भनेर त्रासमा बस्नुको साटो यि सँविधान निर्णायक समयमा दिन नसक्ने नेताहरुको बिरोधमा जनताको तर्फबाट हुतिहारा नेता हटाऊ भन्ने आन्दोलन गर्न पर्ने वेला आएको छ। भर्चुअल आन्दोलन (इन्टरनेटबाट जस्तै फेसबुक ग्रुपहरु, ब्लग) मार्फत त शुरु भइ सकेको छ, म आशा गर्दछु यो यथार्थमा पनि हुनेछ।

त्यसैगरी, मैले धेरै गौण गरे, जनता भनेको को हो? जसले पनि यहि जनतालाई नै देखेको छ बा? नेताहरु आन्दोलन गर्ने जनताकोलागी, जनताको लागी गरेको हो भने जनता लाई नै सास्ति किन? पूर्बराजा भन्ने जनताले चाहे भने राजतन्त्र फेरी आउछ रे। फेरी तिनका लागीपनि जनतानै चाहिने। जनताको नाममा राजा र नेता मिलेर धेरै खाइसके, अब अगाडिको विकल्प के त? सबैको लागि जनतानै चाहिने तर जनताले आफ्नो माग पुरा गर्न कहाँ जाने? यि प्रश्नहरुको उतर कुनै म जस्तै जनता सँग छ कि????

अन्त्यमा, यो लेखको भावनासँग मिल्दोजु्ल्दो नागरिक दैनिकमा प्रकाशित रबिन सायमीको कार्टुन राखेको छु।