Tags

, ,

जीवनको बिभिन्न मोडहरुमा मेरो मनलाई छोएका केहि गितहरु आजको यो पोष्टमा यहाँहरुसँग साट्न खोज्दैछु। यि गितहरु मेरा ब्यक्तिगत रोजाईका हुन्, यसमध्ये तपाँईहरुलाई पनि मनपर्ने कुनै गित सँगीत पर्यो कि? मलाई लेख्न नभुल्नु होला है।

(भिडियोहरु Widescreen मा हेर्नको लागि भिडियो तल रहेको Widescreen icon क्लिक गर्नु होला।)

सबैभन्दा पहिला मेरो All time favorite Band METALLICA को Unforgiven II बाट सुरु गरौ है त।

यो लता मँगेशकर र शुरेस वाडकरको स्वर -“हुस्न पहाडो का” चलचित्र “राम तेरी गँगा मैलि” बाट, धेरै अगाडि देखी हालसम्म पनि मेरो मनपर्ने हिन्दी चलचित्र गित रहन सफल।

यो ममता दिपबिमको स्वर- “सुरिलो रुख सल्लै हो खोजेको तिमिले कल्लाई हो” जुन गित मलाई कुनैबेला सारै मन पर्दथ्यो र यो गित रहेको एल्बम “ममता” नै मैले किनेको सायद पहिलो नेपाली सँगीत एल्बम पनि थियो।

यो गित चाँहि म आई. एस्सी. पढ्दा एकजना साथीको सौजन्यबाट सुन्ने मौका पाएको थिए। उ सँग निकै राम्रा क्लासिक गितहरुको सँगालो रहेछ, त्यहाँबाटनै मलाई पुराना हिन्दी गितहरु सुन्ने लत बस्यो। हेर्नुस है त, “पाकीजा” चलचित्रको लता र मोहम्मद रफीको स्वर रहेको “चलो दिलदार चलो” भन्ने यो पुरानो गित।

र अन्तयमा, यो GUNS N’ ROSES को NOVEMBER RAIN, जुन गितबाट मेरो English Rock Songs प्रतिको झुकाब सुरु भएको थियो र हालसम्म पनि यो Addiction को रुपमा यथावत कायम छ।

यि लगायत अन्य धेरै गितहरु मेरो रोजाइका छन्। ति सबै गितहरु एउटै पोष्टमा राख्न सम्भव नभएकोले यो पोष्टमा मेरो जीवनमा सँगीत प्रतिको रुचिमा फरक ल्याउन सफल केहि गितहरु राखेको छु। आगामी पोष्टहरुमा थप गित सँगित र चलचित्रका कुरा गरौँला है त। यि गितहरु यहाँहरुलाई कस्तो लाग्यो केहि प्रतिकृयाहरु तल लेख्न नभुल्नु होला है।