केहि नेपाली सदाबहार कर्णप्रिय गीतहरु

केहि नेपाली सदाबहार तथा कर्णप्रिय गीतहरु सुन्नुहोस् वा डाउनलोड गर्नुहोस। डाउनलोडको लागी गीतको टाईटलमा क्लिक गर्नुहोस, डाउनलोड लिङ्क फेला पर्नेछ। सुन्नको लागिमात्र प्ले बटन क्लिक गर्नुहोला। नयाँ गीतहरु क्रमश: अपडेट भईरहेको छ त्यसैले साईट भिजिट गर्दा यो पोष्टमा हेर्न नभुल्नु होला।

:) :) :) आधुनिक गीतहरु :) :) :)

तिम्रो मेरो सम्बन्धको चर्चा- निशा देसार

मायाँ एउटा सँग- अन्जु पन्त

तिम्रा पाउहरुमा- तारादेवी

किन हो यति भरोसा बसेछ तिमिमा- तारादेवी

एउटा परदेशी- देविका बन्दना

म ढले बेहोसीमा ढले- स्वरुपराज आचार्य

…अनि गजलकार भँए म- अन्जु पन्त र साथीहरु

यति धेरै मायाँ दिइ- नारायण गोपाल

उकाली चढ्दा पसिना पुछ्ने- अम्बर गुरुङ

देशले रगत मागे- गोपाल योञ्जन

टाढा टाढा जानु छ साथी- बच्चु कैलाश

भैसीँ लड्यो है माया- डेजी बराईली

मुटु माग्यौ तिमीले- दिपक लिम्बू

तिमी आउने बाटोमा- डिज राज पौडेल

यस्तो एउटा कथा- अन्जु पन्त र मनोज सेवा

मलाई बाँसुरीले रुवायो- अन्जु पन्त

बाधा परुन जतिनै- द्धारीका लाल जोशी

रिसाईदेउन बिन्ति- रविन शर्मा

तिमी आउछौ भन्ने आशै आशमा- उदित नारायण झा

तिम्रो सिउँदो सजाईदिने- मधु क्षेत्री

तिमि यसै लजायौ- रविन शर्मा

स्वर सम्राट नारायण गोपाल

हुरिले उडाउन सकेन- मधु क्षेत्री

मर्न बरु गारो हुन्न- फत्तेमान

कस्को आँखा लाग्यो बरै- रिमा गुरुङ

तिम्रो दिलमा चोट लाग्दा- नरेन्द्र प्यासी

सयौ जुनी- रजीना रिमाल र जगदिश समाल

बल गरेर त्यो मन यता- स्वरुपराज आचार्य

यहाँ देशको छ चिन्ता- दिपक लिम्बू

कहिले काँही मनका कुरा- उदित नारायण झा

तारा देवी

सार्है पार्यो आज मलाई तिम्रो सम्झनाले- सूर्य थुलुङ

ए मलाई माया गर्छु भन्नेहरु- नारायण गोपाल

अल्झेछ क्यारे पछ्यौरी- नारायण गोपाल

यसैगरी विताई दिन्छु- नारायण गोपाल

झरेको पातझै भयो- नारायण गोपाल

यो सम्झिने मन छ- नारायण गोपाल

फूलको थुङ्गा बगेर गयो- तारा देवी

अरुण थापा

रातो रानी फुलेझै- डेनी डेनजोम्पा

नमरी बाँचे दैवले साँचे- देविका प्रधान

मेरी माँया साँझ बनी- भक्तराज आचार्य

मेरो पाउमा आज पाउजु बाँध-गोपाल योन्जन र मिरा राणा

विना बादल असिना आउदैन- क्लासिक गित

तिमीले भुल्न सकेपनि- कन्हैया सिँह

तिमीले पराई ठानेपछि- अन्जु पन्त

वितेका कुराले-दिप श्रेस्ठ

किन हजुर नबोलेको-सपनाश्री

अरुणा लामा

हुँ यात्री-दिप श्रेस्ठ

खोला वारी खोला पारी- मदनकृष्ण श्रेष्ठ

बोलाउँ भने तिमिलाई बात लाग्ने डर-बद्रि दुर्गा खरेल

निश्ठुरीलाई माया गरी-राजेश पायल राई

उनको प्रिति पहिले हो कि मेरो प्रिति-जगदिश समाल र सपनाश्री

सागर सरी चोखो माया-राजेश पायल र अन्जु पन्त

आधीबाटो हिडेपछि-उदय र मनिला सोताङ

चिठ्ठी तिमिलाई- शम्भु राई

म तिम्रो शहर छोडि-दिपकराज पान्डे

राजेश पायल राई

तिमी तारे भिर-पबित्रा सुब्बा

काँडा त बिझ्यो बिझ्यो- स्वरुपराज आचार्य

कति कमजोर रहेछ भाग्य- दिप श्रेष्ठ

आँधिसरी तिम्रो माया-स्वरुपराज र अन्जु पन्त

तिमि बिनाको जीवन म सोच्नपनि सक्दिन-नरेन्द्र प्यासी

तिमि बिना बाँच्न गारो भो-उदय र मनिला सोताड

बादल बनाइ देउ-दिपक खरेल

असारै महिनामा-छुसन डुप्पा

उदित नारायण झा

बिहान उठ्ने वित्तिकै हिमाल देख्न पाईयोस-रामकृष्ण ढकाल

कहाँ थियौ तिमि- शिव परियार

दर्शन नमस्ते- राजेश पायल राई

उकाली ओरालीहरुमा- तारा देवी

चलेछ बतास सुस्तरी (नयाँ भर्सन)- शम्भु राई

एक धर्को सिन्दुर के हो र- शुरेस अधिकारी

कति कुरा नभनेर नै मिठा हुन्छन्- देव नारायण

आउ अब मेरो अँगालोमा- सुरेश कुमार

झलझली आँखामा- उषा मँगेशकर (क्लासिक)

अन्जु पन्त

सोचे जस्तो हुन्न जीवन- तारा देवी

पिपलु बोटैमा- ईश्वर अमात्य

मेरो प्यारो ओखलढुङ्गा- नारायण गोपाल

टुट्यो तारा आकाशमा- ईन्दिरा जोशी

न मुछे आमा दहिमा टिका न छरे जमरा- कृष्णभक्त राई

एक्लै बस्दा सधै मलाई- अरुणा लामा

हाँसी हाँसी जलिरहेँ- अरुणा लामा

फूलको आँखामा फूलै सँसार- आनी छोईङ डोल्मा

आज नाच्छे मेरी गौरी- बिधान श्रेष्ठ

चिनारी हाम्रो धेरै पुरानो- नारायण गोपाल

दिपक खरेल

कुन मन्दिरमा जान्छौ यात्री- रविन शर्मा

सिरानीले बिझायो की- पबित्रा सुब्बा

पुरा भयो सपना मेरो- उदित नारायण झा

कता हिडेको कसलाई खोजेको- आभा मुकारुङ

तिमिले दिने माया- नरेन्द्र प्यासी

के भुल भयो प्रिया म सँग बोल्दिनौ- नरेन्द्र प्यासी

उडेर जून छुन्छु भन्थे- रामभक्त जोजिजु

मानिस खोजि रहेछु- शिशिर योगी

तिमि मेरो आँखाको नानी थियौ- सुरेश कुमार

दिप श्रेष्ठ

कसको आँखा लाग्यो बरै- रिमा गुरुङ

हर रात सिरानी मेरो-शुरेस कुमार

ईश्वर तैले रचेर फेरी-नारायण गोपाल र कमला श्रेष्ठ

तिमि लालीगुँरास फूलजस्ती-प्रकाश श्रेष्ठ

यती चोखो यती मिठो- नारायण गोपाल

उडायो सपना सबै हुरिले- मुरलिधर

ऋतुहरुमा तिमि- अरुण थापा

दुईटा फूल देउरालीमा- नारायण गोपाल

नजरको दोषी- रिमा गुरुङ

आन्नद कार्की

माथि माथि सैलुङेमा- कुन्ति मोक्तान

खुट्टा तान्दै गर..- कुन्ति मोक्तान

तिम्रो त्यो हँसिलो मुहारको झझल्को- दिपक खरेल

थामेर किन छोड्यौ हाथहरु- सुनिता सुब्बा

हजार जुनीसम्म-उदय सोतांग

जति चोट दिन्छौ देउ मायालु-भक्तराज आचार्य

बियोगले मेरो छाति-थुप्तेन भुटिया

धेरै मायाँ दिँदा रहेछन्- स्वरुपराज आचार्य

कुन्ति मोक्तान

न बिर्से तिमिलाई-अन्जु पन्त

लाग्छ मन हेरी रहुँ एकनास तिमिलाई- आनन्द कार्की

कति बस्छौ ओढि लाजको घुम्टो-पबित्र मान शाक्य

मलाई नसोध-नारायण गोपाल

पर लैजाउ फूलहरु-प्रेमध्वज प्रधान

प्रतिछा गर मेरी मायालु-दिपक खरेल

तिर्खा लाग्यो पानी खाँए मैले के बिराए- अन्जु पन्त

:) :) :) पप गितहरु :) :) :)

पहिलो जुनीमा- १९७४ ए. डी.

मायालुले- १९७४ ए. डी.

1974 A. D.

छुँदैन- १९७४ ए. डी.

हिजो मात्र तिमीलाई- १९७४ ए. डी.

परेलीमा- १९७४ ए. डी.

चौबन्दी चोली- १९७४ ए. डी.

सम्झी बस्छु- १९७४ ए. डी.

सम्बोधन- १९७४ ए. डी.

तिमिलाई पिरतीले- १९७४ ए. डी.

गुराँसै फूल्यो- १९७४ ए. डी.

हिँड्दा हिँड्दै- १९७४ ए. डी.

जति माँया- १९७४ ए. डी.

जिन्दगीको के भरोसा- कर्ण दास

ओम बिक्रम बिष्ट

चरी उड्यो बादल छुनलाई- स्याड रोज ब्यान्ड

नलेख चिठ्ठी तिमिले मलाई- मोहन भुसाल

एकान्त छ ठाँउ- COD

मेरो मायाँ छोडी आँए- मोहन भुषाल

हल्ला चलेछ- राजु लामा (मँगोलीयन हर्ट)

तिम्रो अधर तिम्रो नजर- नलिना चित्रकार

तिमीले मलाई कान्छी दोधारमा पार्यौ- ऐश्वर्य स्थापित

मेरो दिल छ पोखरामा- प्रमोद खरेल

आफ्नो कथा- सविन राई

चुलेसीमा- सँजीब सिँह

अमृत गुरुङ (नेपथ्थ)

कसरी भनुँ म- सँजीब प्रधान

आउ मेरो सामु आउ- सुनिल पराजुली

तर आज मायालुको धेरै याद आयो-लेकाली ब्यान्ड

तर अन्तिमपल्ट भेट्न आऊ-डम्मर नेपाली

यति धेरै मान्छेहरुको भीडमा-मल्लिका कार्की

सानु माया- रुपक डोटेल

बिदेश जाने माँयालु-दिपक थापा

आँखैमा झलझली-रबिन श्रेष्ठ र शर्मिला बर्देबा

नलिना चित्रकार

कहाँ तिम्रो मायालुलाई-प्रतिबिम्ब ब्यान्ड

आफ्नो मन आफैसँग ढाट्न नमिल्ने-राहुल बैध्य

आखाँको नानी हउ तिमी-हरिश माथेमा

बस सुन्दरी-ब्रोसिस

चँन्द्रमा-लोचन रिजाल

जीवन हो घाँम छाँया-नेपथ्य

आजभोलि के भयो (लामपाते सुरती)-नेपथ्य

मौनता-ओम बिक्रम बिष्ठ

राजु लामा (मँगोलीयन हर्ट)

फुल्चोकीको डाँडैमा हिउँ पर्यो ठन्डी महिनैमा-कन्दरा ब्यान्ड

मुटु छुने लुम्लेको हावाले-परिबेश ब्यान्ड

तिमि पारी त्यो गाँउमा- कन्दरा ब्यान्ड

लैजा रे (मेरो मन)- हेमन्त राना

बिन्ति छ है- नेपथ्य ब्यान्ड

पल पल- लोकेन्द्र राई

:) :) :) लोक गीतहरु :) :) :)

अरुण उपत्यकाका लोक सुसेली गीत-१

अरुण उपत्यकाका लोक सुसेली गीत-२

अरुण उपत्यकाका लोक सुसेली गीत-३

अरुण उपत्यकाका लोक सुसेली गीत- ४

सँगिनी गीत- अरुण उपत्यकाका लोक सुसेली

मायाँ लाउनेहरुमा- राजु परियार र बिष्णु माझी

धर्ती कुनको आकाश जुनकै हो- बिष्णु माझी र रामजी खाँड

हाम्री आमा- हरिबँश आचार्य

पानको पात- बम बहादुर कार्की

नौ डाँडा काटेर (लमजुङ तुर्लुङकोट)- बिमा कु. दुरा

यो दाजुको मिर्मिरे आँखा- प्रविण गुरुङ र विमा कु. दुरा

झम्के फूली- नेपाली लोक गीत

मखमली चोलो चाँहिदैन- मिरा राणा

मनको कुरालाई बाँधी नराख- डेनी डेनजोम्पा

रेलै घुमेर- राम थापा र सुनिता सुब्बा

जापान टोकियो (लोक गीत)- राजेन्द्र लम्साल

यस्तै त रहेछ नि माया जाल पनि- भगवान भन्डारी

..कस्ति हौली..गून्यु चोलीमा-पुरुषोतम न्यौपाने र सिन्धु मल्ल

सालै जो नेपाली लोकगित- खड्ग गर्बुजा

सिन्धु मल्ल

रुमाल धोको छु- राजु परियार र कृष्णा परियार

बर्ष दिनमा..-राजु परियार र बिष्णु माझी

फूलमा माहुरी डुल्ने बेलामा- राजु परियार र देवी घर्ती

हातमा रातो झोला- राजु परियार र देवी घर्ती

लाउ चेली सिँदुर लाउ- बद्रि पँगेनी

क्या राम्रो स्याउबारी मार्फा बजारैमा- ज्योति गुरुङ

लालीगुराँस बनै भरी- लोक पप गीत

कट्टर कट्टरमा तिम्रो- राम थापा र तारा थापा

भिज्यो तिम्रो रातो पछ्यौरी- पान्डव सुनुवार

बाबरी फूल को बोट- पान्डव सुनुवार

सधै मेरो जीवनमा यो मायाले- कृष्णा परियार

लालुपाते नुघ्यो भुँइतिर- राजु परियार र बिष्णु माझी

आँधिखोला ऊर्लेर आयो- राजु परियार

औँठि कुसैको- बिमल छेत्री र बिष्णु माझी (लोक दोहोरी)

दैला मुनी जौ- बिमा कुमारी दुरा (लोक दोहोरी)

ईलामे शहर चियाबारी राम्रो- कुन्ति मोक्तान र बुलु मुकारुङ

एकादशी बजारैमा- खेमराज गुरुङ

फेवा तालमा साँइली.. डुङ्गा सलल- शिब परियार

रेशम फिरिरी-नेपाली सदाबहार लोक गित

सुरीलो रुख सल्लै हो- ममता दिपबिम

बाटो छ भिरालो- नेपाली लोक गित

:) :) :) :) :) :) :) :) :) :) :) :) :) :) :) :) :) :) :) :) :) :) :) :)

पाठकहरुलाई पनि कुनै गीतहरु डाउनलोड गर्ने वा सुन्ने ईच्छा भएमा प्रतिक्रिया लेख्न नभुल्नु होला। हामी सम्भव भएसम्म यहाँहरुको अनुरोध पुरा गर्ने प्रयत्न गर्नेँछौ।

अनायसै उब्जेका भावनाहरु!!

साँच्चै नै जीवन एउटा यात्रा हो र यस यात्रामा अनेक किसिमका उतार चडावहरु आइनै रहन्छन्। जसले यि उतार चडावमा स्थिर भएर आफुलाई सम्हाल्न सक्छ उसले नै जीवनको साचोँ महत्व बुझेको हुन्छ। यसरीनै जीवनको गोरेटोमा हिँड्दा हिँड्दै म यहाँसम्म आइपुगेको छु। मेरा जीवनमा पनि निकै उतार चडावहरु आए र गए पनि, र मैले आफुलाई कुनै बेला आफुलाइ सम्हाल्न पर्ने समय पनि आयो र कुनै वेला अरुलाई सम्हाल्न पनि म पछि परिन। कुनै बेला अत्यन्त एक्लोपनाले घेरेर अध्याँरो कुनामा बसेर रोँए पनि होला र कुनै वेला खुसीले उन्मत्त भएर बरालिदै पनि हिँडे होला। जीवनको यो मोडसम्म आईपुग्दा कति साथीहरु यात्रामा भेटिए र कति छुट्टिए पनि होलान्। कतिसँग कुरा न मिलेर वा एक अर्कालाई बुझ्न न सक्दा मनमुटाब पनि भयो होला। ति सबै कुराहरुलाई एकान्तमा बसेर सोच्दा हामी आफुले गर्न हुने र नहुने कुरावारे बुझ्न सक्छौ तर जब हामी समाजको परिबृत्त भित्र छिर्छौ, तब यि सबै कुरालाई बिर्सेर हामी सामाजिक प्रतिस्पर्धा तिर लाग्दछौ त त्यहिँबाट सुरु हुन्छ एक अर्काको खुट्टा तान्ने प्रबृति।

हुनत यो जीवनमा प्रतिस्पर्धा नभएको भए मानव जातिको बिकासक्रम यहाँसम्म आईपुग्दैनथ्यो होला किनभने डार्बिनको विकाशसील सिद्दान्तले नै यो भन्छकी “जो प्रतिस्पर्धा गर्न सक्षम छ उ नै बाँच्नको लागी योग्य छ”, तर प्रतिस्पर्धा कसरी गर्ने र के का लागी गर्ने भन्ने कुरापनि यहाँ बुझ्न पर्ने हुन्छ। हामीले सामान्य मानव जीवनमा प्रतिस्पर्धाले केहि राम्रा उपलब्धिहरु देखेता पनि यहाँ राष्ट्र राष्ट्रबिच भइरहेको अनाबश्यक प्रतिस्पर्धाले मानव जातिको अस्तित्वनै सँकटमा रहेको पनि देखेका नै छौ। शक्तिशाली राष्ट्रहरुले आफ्नो धन र हतियारको रवाफमा कमजोर तथा निर्धन देशहरुलाई विना कारण दवाएर राखेको पनि हामीले देख्दै आएका छौ। त्यसैले प्रतिस्पर्धाको महत्व भएता पनि त्यसलाई कसरी लिने भन्ने कुरामा हामीले गहन विश्लेषण गर्न जरुरी छ। स्वच्छ प्रतिस्पर्धाले मानव जीवनमा साँच्चैनै राम्रो परिवर्तन ल्याउन सक्छ तथापी अस्वस्थ प्रतिस्पर्धाले मानव जगतको अस्तित्वनै सँकटमा पार्न पनि सक्छ। त्यसैले “बाँच र बाँच्न देउ” भन्ने कुरालाई हामीले मनन गर्न अत्यन्त जरुरी छ।

जीवनमा बुझ्नुपर्ने सबैभन्दा महत्वपूर्ण कुरा यो हो कि कुनैपनि ब्यक्तिले आफुले चाहेको १००% कुराहरु पूर्णरुपमा प्राप्त गर्न सक्दैन। कुनै न कुनै बेला र परिस्थितीमा मानिसले आफुलाई सम्झौता गरेकोनै हुन्छ। त्यसैले सम्झौता पनि जीवनको एउटा पाटो हो। हालसम्म जीवनका वारेमा धेरै कुराहरु लेखिएका छन् र पछि पनि लेखिदै जाने छन्। सायद जीवनलाई हेर्ने दृष्टिकोण ब्यक्तिपिच्छे फरक पनि हुन सक्दछ किनभने सबै ब्यक्तिहरु समान धरातलबाट हुर्केको हुदैन। कुनै धनाड्यय परिवारमा हुर्केको ब्यक्तिले जीवनलाइ धनसँग तुलना गर्न सक्छ भने कुनै मध्यम बर्गिय परिवारबाट आएको ब्यक्तिलाई आफ्नो सफलतानै प्यारो हुन सक्छ र साथै कुनै गरिव ब्यक्तिलाई साँझ र बिहानको छाक टार्नुनै जीवन हो भन्ने लाग्न सक्छ। यसरी जीवनलाई परिभाषित गर्नु पर्दा ब्यक्ति बिषेशको आफ्नै तर्क हुन पनि सक्दछ। तर सामान्य रुपमा हेर्ने हो भने र हामीले जीवनका पलहरुलाइ बाहेक छोड्ने हो भने जीवन जन्म देखि मृत्यसम्मको एक दुरीमात्र हो। यो दुरी कसैले छोटो र कसैले लामो समयमा पार गर्दछन्। तर जीवनको दौड छोटो समयमा पार गर्देमा कसैको जीत हुने र लामो समय लागेमा हार हुने हुदैन। किनभने जीवनको दौडमा मानिसले कति दुरीपार गर्नुपर्छ भन्ने निश्चित हुदैन, त्यसैले उसले दौडिएको दुरीको मापन ब्यक्तिद्धारा गरिएको असल कार्यबाट गरिन्छ।

र अन्त्यमा, Mariah Carey को “Hero” भन्ने गीत हेर्नुहोला, जसले जीवनको वारेमा केही सुझाब दिईरहेको छ।

-कविर लम्साल
फेव्रुवरी ७, २०१२
तस्विर सौजन्य: बिभिन्न अनलाईन स्रोतबाट, भिडीयो स्रोत: You Tube

सपना र सम्झना

मरभूमीको तापमा हिँड्दा हिँडदै।
अनायासै तिम्रो मायाको छहारी भेटेछु।।
तिमीले दिएको मायाको सहारामा टेक्दै।
बामे सर्न सिकेछु।।
आज पनि मलाई त्यहि मायाको पहिलो बर्षामा रुज्न मनलाग्यो।
अपरिचित भई तिमिसँग पहिलो परिचय गर्न मनलाग्यो।।
तिमीसँग विताएका स्वर्णिम पलहरु फेरी फेरी याद आँऊछ।
त्यहि पलमा समय रोकिएको भए हुन्थ्यो जस्तो लाग्छ।।
समयको भेलसँगै जीवनले आज कहाँ पुर्यायो।
सम्झनाका छालहरुले स्मृतिमा पुन: धक्धक्यायो।।
किन हो किन सपना र विपना एकै जस्तो लाग्छ।
गन्तब्य फरक भएपनि यात्रा एकै हो कि जस्तो लाग्छ।।
तिमीसँग हुँदाका पलहरु जीवनभर साँच्नेछु।
त्यसैलाईनै माया सम्झी जीवनभर बाँच्नेछु।।।।

-कविर लम्साल
कार्तिक २४, २०६८

सबसे सुरक्षित ठाउँ

विभिन्न देशबाट आएका नेपाली युवाहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा आ-आफ्ना झोला-सूटकेश राखेर बसेका छन्। विद्यार्थी संगठनहरूले काठमाडौं उपत्यका बन्द गरेको र सरकारले वार्ताको आह्वान गरेको समाचार नजिकैको टेलिभिजनमा प्रसारण भइरहेको छ। यात्रुहरू बन्द खुल्ने प्रतीक्षामा छन्। अमेरिकाबाट छुट्टी मनाउन आएका सुरेश शर्मा सारै दिक्क हुन्छन्।

तस्विर: भानु भट्टराई

सुरेशः गड, सिस्टम नेभर इम्प्रुभ्स् इन दिस कन्ट्री। अलवेज स्ट्राइक! ह्वाट अ हेल्। उफ्! (आफ्नो सूटकेशको आडैमा बस्छन्।)
रामदयालः कुरा बुझिएन, नेपालीमा भन्नुस् न। मैथलीमा पनि चल्छ।

सुरेशः कहिल्यै नसुध्रने, नर्क जस्तो भनेको।

रामदयालः बाफ रे बाफ, कहाँबाट आइहाल्नुभएको रे तपाईं?
सुरेशः अमेरिकाबाट।

रामदयालः किन आउनुभएको त अमेरिका बसेको मान्छि?
सुरेशः बिदा मनाउन।

रामदयालः (हाँस्दै) त्यो युरोपमा हाम्रोजस्तै देश छ रे नि? के नाम रे त्यसको?
सँगै बसेका अरूहरूः स्विट्जरल्याण्ड!
रामदयालः हो स्विट्जरल्याण्ड। त्यतै गै हाल्नुपर्थ्यो, त किन यता आइहाल्नुभयो?

सबै गलल्ल हाँस्छन्। सुरेशलाई अप्ठ्यारो लाग्छ। रिस पनि उठ्छ।

सुरेशः अलि ढङ्गले कुरा गर्नुस्।
रामदयालः हाँसेरै कुरा गरिहालेको छु म। कसरी राम्ररी कुरा गर्ने भन्दिनुस्, गरिहाल्छु।

अशोकः गफमा त निकै सिपालु हुनुहुँदो रैछ नि साथी। तपैँ चाहिँ कहाँबाट आउनुभएको नि?
रामदयालः कतारबाट आइहालेको छु, तीन महिनामै। अनि तपैँ नि?
अशोकः लिबियाबाट।

रामदयालः वाफ् रे! (जिब्रो टोक्दै) खतरा देशबाट आइहाल्नुभएछ।

विनयः संसारमा जहाँ पनि खतरा छ आजभोलि। जापानमा आनन्द थियो, त्यहाँ पनि भूकम्प गयो, आणविक भट्टी पड्क्यो। झन् ठूलो खतरा!
रामदयालः भनेपछि तपाईं जापानबाट भागिहाल्नुभयो?
विनयः त्यसै भन्नु पर्‍यो।
रामदयालः अनि अमेरिकाबाट आइहाल्नुभएको साथी त बोल्नै छाडिलिनुभयो नि?
सुरेशः (झर्को मान्दै) तपाईंसँग के बोल्ने। मान्छेसँग कसरी बोल्नुपर्छ, तपाईंलाई थाहै छैन।
रामदयालः रे बाब्बा, तपाईं सिकाउनुस् न त!

सुरेशः आइ डन्ट वान अ टक एनी मोर। (भुन्भुनाउँदै) देश गतिलो भए पो!
विनयः यो कुरा चाहिँ गलत बोल्नुभो है साथी। देशलाई दोष नदिनुस्। मान्छेले नै देश बनाउने हो। हेर्नुस्, म सात वर्ष जापान बसेर आएको हुँ। हरेक देशमा राम्रा कुरा छन्। नराम्रा पनि छन्। अरू देशमा राम्रो कुराको प्रचारप्रसार गरेर नराम्रो कुरा सुधार्दै जान्छन्। हामी चाहिँ नराम्रो कुरा उछालेर राम्रोलाई बिगार्छौं। खोट कोट्याए हरेक देशमा भेटिन्छन्। हामीले नेपाललाई राम्ररी चिनेकाले सजिलै खोट भेट्छौं। आफ्नो देशको आलोचना गर्न एकरत्ति सङ्कोच मान्दैनौं, बन्देज पनि छैन। तर अरू देशमा यस्तो हुँदैन।

रामदयालः ठीक भनिहाल्नुभयो।
अशोकः आ-आफ्नो ठाउँमा सबैका कुरा ठीक हुन् साथी हो। तर साँचो कुरा के हो भने, हाम्रा नेताहरू भ्रष्ट छन्, कर्मचारी घुस्याहा छन्। सम्झ्ँदा पारो तातेर आउँछ।

विनयः नेता र कर्मचारीलाई मात्रै के दोष दिनु, धेरै दोष त जनताको छ।
अशोकः नेताहरू सत्तामा छन्। कर्मचारीले गरिब जनताको करबाट तलब सुविधा पाएका छन्। जनतालाई के को दोष?

विनयः कानुन अनुसार नमिल्ने काम गराउन हामी नै कर्मचारी र नेताको दैलोमा पुग्छौं, घुस खुवाउँछौँ। मेरो छोरालाई जागिर लगाइदेऊ भन्दै मान्छेहरू नेताको चाकरीमा जान्छन्। यो ठेक्का मिलाइदेऊ नेताज्यू म यति कमिसन दिन्छु भन्छ ठेकेदार। अनि कसले नखास् घुस? मेरो विचारमा देशमा सिस्टम नहुनुमा नेताको भन्दा जनताको बढी हात छ। हामी जनता इमानदार र निस्वार्थी हुने हो भने धेरै कुरा आफैं ठीक हुन्छन्।

रामदयालः एकदम ठीक कुरा गरिहाल्नुभयो साथीले। हामीले राणाशासन हटाइलियौं, राजा पनि हटाइलियौं, किन? किनकि, हामीलाई उनीहरूको रवैया मन परेन। एक्टा कुरा गर्छु, राणा, राजा हटाउन सक्ने जनताले काठमाण्डूको फोहोर किन हटाउन सक्दैन?
सबै हाँस्छन्।
विनयः व्यक्तिगत स्वार्थ छाडेर देशमा सिस्टम बसाल्न चाहने हो भने सकिन्छ साथी हो। तर पहिला त आफैं सिस्टममा चल्नु पर्‍यो नि!
रामदयालः सबैले देखिलिनुभएकै होला, मान्छिहरू आकाशे पुलमुनिबाटै बाटो काट्छन्। पुल भए पनि त्यसको प्रयोग नगर्ने अनि सिस्टम भएन भन्दै नेतालाई दोष दिने? सरकारले त बनाएकै छ आकाशे पुल। यसमा के छ कि जनताकै कमजोरी देखिहाल्छु म त।
अशोकः यी भन्ने कुरा हुन् साथी हो। जहाँ भए पनि मान्छे सुरक्षित भएर बस्न चाहन्छ। अनि मात्र अरू कुरा गर्न सकिन्छ। तर हाम्रो देशमा त सुरक्षा नै छैन।

रामदयालः तपाईं लिवियाबाट किन आइहाल्नुभयो नेपालमा?
अशोकः त्यहाँ आन्दोलन शुरु भो। मरिन्छ कि भन्ने डर लाग्यो।
रामदयालः यस्तो कुरा गर्न त तपाईंलाई लाज लागिहाल्नुपर्ने हो। तपाईंले नेपाललाई असुरक्षित मान्नुहुन्छ त फेरि किन फर्केर आइहाल्नुभयो यता!
अशोकः (वाल्ल पर्दै) आफ्नै देशमा अलि सुरक्षित भइन्छ नि!
रामदयालः वाफ रे वाफ, मरिन्छ कि भनेर आफ्नो देशमा आइजाने! अनि आफ्नै देशलाई असुरक्षित ठानिहाल्ने! अचम्मको कुरा गर्नुहुन्छ तपाईं। आफ्ना मान्छि नमरुन् भनेर सरकारले उद्धार गरेर तपाईंलाई सुरक्षित ल्याइहालेको हैन?
अरूहरूः (हाँस्दै) रामदयालजीको कुरो बेठीक चाहिँ हैन है अशोकजी!

सुरेशः गड, देशमा सिस्टम हुनुपर्‍यो, अपरच्युनिटी हुनुपर्‍यो, काम गर्ने वातावरण हुनुपर्‍यो नि!
रामदयालः तपैँ पढेलेखेको मान्छि नेपालमा सिस्टम भएन भनेर अमेरिका गैजानुभयो। कोही बिलायत गए, कोही कता गइहाले। तपैँहरू आएर बनाइहाल्नुस् न सिस्टम! अरूले बनाइदेलान् र आइहालुँला भनेर बसिहाल्नुभएको छ। अनि कसरी हुन्छ सिस्टम? (निधारमा हात राख्दै) धत्तेरिकी!

अशोकः नेतै ठीक भएनन् हाम्रो देशमा।
विनयः आफूलाई असल ठान्नुहुन्छ भने तपाईं आएर गर्नुस् राजनीति। किन खराब मान्छेलाई देशको जिम्मा लगाउने? हेर्नुस्, म संसारको एउटा समुन्नत र सुरक्षित देशमा बसेर आएको मान्छे हुँ। जापान अमेरिकाभन्दा पनि सुरक्षित ठाउँ हो। तर भूकम्प गयो। भूकम्प त जहाँ पनि जान सक्छ। तर सुनामी आयो आणविक विकिरण चुहियो। ज्यानको माया सबैलाई लाग्छ। अनि म पनि आफ्नै देश फर्किएँ। जापानभन्दा अविकसित होला, तर आत्मालाई सुरक्षा दिने त आफ्नै देश हो नि साथी हो!

रामदयालः साथीको घैँटामै घाम लागिगयो रे! हा हा हा हा…

विनयः लिवियाबाट आएका साथीलाई सोध्छु, कर्णेल गद्दाफीले आन्दोलन शुरु गर्ने साङ्लाहरूलाई लखेटी-लखेटी मार्छु भनेका थिए, याद छ तपाईंलाई?
अशोकः किन नहुनु, छ।
विनयः हाम्रो देशमा कुनै नेताले त्यस्तो भनेको सुन्नुभएको छ?
रामदयालः वाफ रे, त्यसो त भनिलिँदैनन् तर व्यवहारले बडा बेवकुफ बनाइजान्छन्।
सबै हाँस्छन्।

विनयः जेहोस्, गद्दाफी जस्ता तानाशाहको डर नेपालमा छैन। हामी जनताले बोल्न पाएका छौं भने गर्न किन पाइन्न? नगरेर पो बिग्रेको छ देश। समस्या जहाँ पनि छन्। कोही धनी भएका छन् भने कामै गरेर भएका हुन्। कुनै देशको शासन-व्यवस्था राम्रो छ भने त्यहाँका नागरिकले त्यस्तो चाहेर अनि त्यस अनुसारको व्यवहार गरेरै भएको हो।

अशोक घोरिन्छ।

रामदयालः आफैं केही नगर्ने अनि नेताजीहरूलाई दोष दिइहाल्ने? खै साथी हो बाटो पाऊँ त, ट्वाइलेट गैहाल्नु पर्‍यो।
समूहः छिटो आउनुस् यार, तपाईं नहुँदा खल्लो होला जस्तो छ।

रामदयालः आइहाल्छु, हामीलाई पनि मजा आइरहेको छ।
अशोकः तपाईं अब जापान फर्कनुहुन्न?
विनयः फर्कन्न।
अशोकः के गर्ने विचार छ त?
विनयः जापानमा फार्म हाउसमा काम गर्थें। गाउँमा अलिकति जग्गा छ त्यहीँ खेती गर्ने विचारमा छु।

सुरेशः मार्केट नै पाइन्न।

विनयः मार्केट आफैं हुने होइन, बनाउने हो। काम गर्नुपर्छ, मार्केटको रूपमा संसार अगाडि छ।
अशोकः अघि तपाईंले भनेको कुरा मेरो मनमा गड्यो। वास्तवमा म यहाँ सुरक्षित पनि भइएन, अवसर पनि पाइएन भनेर लिविया हान्निएको हुँ।अलिअलि कमाइयो पनि होला। तर त्यहाँ गज्याङमज्याङ भएपछि सबभन्दा पहिला आफ्नै देशको सम्झ्ना भयो।
विनयः अमेरिका जस्तो बलियो देशका ट्वीन टावर ढलाएकै हुन्। जापानमा विकासको लागि बनाइएको आणविक भट्टी पड्किंदा त्यो हाल भयो। युरोप पनि आतङ्ककारी हमलाको त्रासमा छ। गृहयुद्धमा फँसेका देशको कुरै नगरौं। यसो सोच्नुस् त।
सुरेशः हाम्रा इडियट नेताहरूले जनतालाई उचालेर देशलाई गृहयुद्धमा फँसाएनन् भने त के!
विनयः म ग्यारेन्टी दिएर भन्छु, हाम्रो देशमा अब भाँडभैलो फर्कनेवाला छैन। भाँडभैलो पार्न खोजेर पनि नसकेका त हामीले नै देखेका हौँ नि! हाम्रो समाज धेरै बलियो भैसकेको छ।
रामदयाल आउँछ।

रामदयालः वाफ रे, कुरा कहाँ पुगिगयो साथी?
अशोकः तपाईंलाई कुरेको।
रामदयालः तब त ठीक छ। ट्वाइलेटमा एउटा कुरा याद आइगयो।
विनयः के फुर्‍यो त्यस्तो?
रामदयालः कुरा बडा मज्जाले गरियो, तर चिनजान नै भएन। सबै हाँस्छन्। र, परिचय गर्छन्।

अशोकः रामदयालजी तीन महिनामै कतारबाट फर्कनुभएछ। लट्री परेर हो?
रामदयालः अरे, कहाँ पर्छ हामीलाई लट्री? फर्कनुको बात लामो छ। हाम्रो गाउँका धेरैजसो केटा विदेशमा छन्। मलाईं चाहिँ उता गइहाल्ने मन थिएन। केही त गर्नु पर्‍यो भनेर जनकपुरछेउको लोहना गाउँमा बकरी पालन गरिलिएँ। तर, गाउँमा फलानाको बेटुवाले यति पैसा पठायो, उति पठायो भनेर बाबुले थाहा पाइहाल्ने। अनि त रातबिरात टेन्सन दिन थाल्नुभयो। ए बाब्बा हामी यहीँ कमाउँछु भन्दा पटक्कै नमानिदिने। बकरी पालेर कहिले कमाइलिन्छस् बेटुवा भन्दै भेजा चाटिलिने। रे बाबा, बकरीले हातहातै पैसा दिने त हैन नि!
हाँसोको फोहोरा छुट्छ।

विनयः धैर्य नै छैन हामीमा। जे पनि तुरुन्त चाहिन्छ।
अशोकः तयारी चाउचाउको बजार त्यसै बढेको हैन, नेपालमा।
सुरेशः अनि, अनि के भो भन्नुस् न, रामदयालजी।
रामदयालः वाफ रे, हाम्रो सुरेशजीलाई चाख लागिहाल्यो।
फेरि सबै हाँस्छन्।

विनयः ल बोल्नुस्, रामदयालजी।
रामदयालः बोलेर मात्र के हुन्छ? तर पनि तपाईंहरू भनिहाल्नुहुन्छ भने बोलिहाल्छु म। गाउँमा जो मान्छि भेटिए पनि रे बबुवा, तिमी चाहिँ किन हल्लन तिवारी भएर गाउँमै बसिहालेका छौ भन्ने। अनि त मलाई पनि विदेशमा पैसा फलिहाल्छ भन्ने लाग्न थाल्यो। अनि गइहालें कतार। कम्पनीमा काम गरिहाल्ने भनेकोमा त्यहाँ पनि भेडा गोठाला बनाइहाल्यो। अब गोठालो नै गर्नुपरेपछि अर्काका भेडा किन चाहियो मलाई? कुरा बुझिलिनुभयो हैन?

सबै हास्छन्।

सुरेशः तपाईं जस्तै सबै फर्के भने देशको अर्थतन्त्र नै डुब्छ।
रामदयालः वाफ रे, कस्तो कुरा गर्नुहुन्छ रे तपाईं? हामीले बकरी पालेपछि, तपाईंको माफिक सबै मुस्तण्डाहरूले काम थालेपछि कसरी डुब्छ नेपाल? सबका सबले काम गरेर त हेरिलिउँ की!
फेरि हाँसोको फोहोरा छुट्छ।
विनयः मरुभूमिमा तरकारी फलाउन थालिसके अरूले। हाम्रो त चारैतिर हरियाली छ। हावापानी पनि उस्तै। रामदयालजी तराईमा बाख्रा पाल्नुस्। कसैले पहाडमा ट्राउट माछा पालन गरौं। कसैले कुरिलो रोपेर जापान, अमेरिका पठाऊँ।
रामदयालः वर्षामा मधेशमा टमाटर फलाउन गाह्रो छ। पहाडमा फलाएर भारत सप्लाई गर्नुस्। हिउँदमा हामी गर्छौं। बकरी त सबै ठाउँमा सबै बेला भइजान्छ। कामै नगरेपछि कहाँ हुन्छ? विदेशमा कमाएर अलिअलि पैसा पठाउने अनि किनेर खाने, यसरी कहाँ हुन्छ?
सुरेशः रेमिट्यान्सले धानेको देश, रेमिट्यान्स नै आएन भने त चिलिमै फर्कन्छ।
विनयः अब म बोल्छु साथी हो। मैले बुझेको कुरा के हो भने, अरब देशहरूबाट अहिले जति रेमिट्यान्स आएको छ त्यति पैसा हामीले त्यहाँ नगए पनि भित्र्याउन सक्छौं।

सुरेशः इम्पोसिवल!
रामदयालः के भनिलिनुभो तपाईंले?

अशोकः असम्भव हुन्छ रे!
रामदयालः वाफ् रे, कस्तो कुरा गर्नुहुन्छ? उनीहरूले दाल, आँटा समेत बाहिरबाट लिएको हामीले पनि बुझिसकेको छु। अरबमा काम गर्ने हाम्रा दाजुभाइ सबै नेपाल आएर खेतमा गेहुँ, रहर उगाएर उता बेच्यो भने कति रुपैयाँ आउँछ, विचार गरिलिनुभएको छ साथीले?
सुरेशः त्यस्तो च्यानल कसले बनाउने?
रामदयालः तपैँ पढेलेखेको मान्छि, तपैँ बनाइहाल्नुस् च्यानल। तपाईं नेपाली हो कि हैन? अमेरिकामा मस्ती गरिहाल्ने अनि दुई दिन घुम्न आउँदा नेपाललाई गाली गर्ने?
विनयः रामदयालजीको कुरो ठीक हो।

रामदयालः हेर्नुस्, अब म गाउँ गएर दश जना केटालाई भन्छु- ऐ केटा हो, तिमीहरू विदेश जाँदा लाग्ने पैसा मलाई देऊ, म तिमीहरूलाई महिनाको दश-बाह्र हजार दिइहाल्छु। कतारमा बकरी चराएको महिनावारी आठ हजार आउँछ। म बाह्र हजार दिइहाल्छु।
विनयः साथी हो, रामदयालजीको कुरा सुन्दा मलाई त उहाँको पार्टनर बनेर काम गर्न मन लाग्यो।
अशोकः साथी हो, संयोगको भेटमा कुरा दह्रै भए। हाम्रो घर अरू कोही आएर बनाइदिने होइन, आफैं कस्सिने हो। आँटौं कि क्या हो?

त्यहीबेला टिभीमा विद्यार्थी सङ्गठनहरू बन्द फिर्ता लिन सहमत भएको समाचार प्रसारण हुन्छ।
अशोक, रामदयाल र विनयले हतार-हतार एकअर्काको ठेगाना लिन्छन्। सबै आ-आफ्ना सामान बोक्न थाल्छन्।
रामदयालः (झोला बोकेर बूढी औंला देखाउँदै ठूलो स्वरमा) हेर्नुस् साथीहरू! यति सानो भँगेराले त आफ्नो घर आफैं बनाउँछ भने हामी जस्ता मुस्तण्डाले अरूको आशा गरेर बस्नु बहुतै सरमको बात भैहाल्छ।

साभार: हिमाल खबरपत्रिका (वर्ष २१, अङ्क ०१), लेखक: खगेन्द्र लामिछाने

बिदेश अनि ब्रायन एडम्सको नेपाल यात्रा

नेपालमा रहेका साथीभाईहरु जो ब्रायन एडम्सको गीत-सँगीतलाई माया गर्छन र उनको एक झलकको लागी आफ्नो मासिक कमाईको केही हिस्सा रकम महँगो टिकटको निम्ति खर्चिन तयार छन्, उनीहरुको लागी भोलि नेपालमा हालसम्म आएका एकमात्र अन्तराष्ट्रिय गायक कलाकारको स्वरमा झुम्ने अवसर प्राप्त हुनेछ।

Bryan Adams in Nepal

साच्चैनै यो कन्सर्टले नेपालको ख्याति अन्तरराष्ट्रिय स्तरमा पुर्याउन सहयोग पुग्नेछ किनभने ब्रायन एडम्स साच्चैनै बिश्वचर्चित कलाकार हुन र उनको नेपाल आगमनलाई बिदेशी मिडियाहरुले प्रमुखताका दिनेछ जसको कारण नेपालले आफूलाई अझ बढि विश्वसामु चिनाउन सक्नेछ।

म पनि ब्रायन एडम्सको एक प्रमुख शुभेक्छुक (फ्यान)  हुँ। मलाई याद भएसम्म शायद मैले ब्रायन एडम्सको पहिलो गित आइ. एस्सी. पढ्दाताका सुनेको हुँ र उनको मैले सुनेको पहिलो गित सायद Please Forgive me.. हुनुपर्छ र यो गित एउटा Just for you भन्ने एल्बममा थियो जुन त्यतिवेला निकैनै चर्चित थियो र भर्खर अँग्रेजी गित सुन्न पल्केका हरुको लागि पहिलो रोजाईको एल्बम पनि थियो, सायद सरल शब्दहरु रहेका तत्कालीन हिट गीतहरुको कम्पाईलेसन एल्बम भएर हुनसक्छ।  त्यसपछि नै बिस्तारै अँग्रेजी गित र गायकहरु प्रतिको मेरो चासो बढ्न थाल्यो। क्रमश: ब्रायन एडम्सका सफ्ट रक गितहरुबाट बिस्तारै मेरो सँगीतको रुचि रक र हेभी मेटलतिर बढ्न थाल्यो र अझै पनि शुरुका दिनहरुमा फेबरेट लाग्ने गायक र ब्यान्डहरु जस्तै ब्रायन एडम्स, मेटालिका, गन्स एन्ड रोजेज, लेड जेप्लिन, डिप पर्पल,  द बिटल्स, स्करपियन्स आदि अझै पनि उत्तिकै प्रिय लाग्छन्, ति चाहे सफ्ट रक, हेभी मेटल, रक एन्ड रोल वा पप नै किन नहोस्।

सँगीतको कुनै भाषा र सँस्कुति हुदैन, सुन्दा मेलोडियस लाग्ने जुनसुकै भाषाको सँगीतले हामीलाई लोभ्याउन सक्दछ। उदाहरण स्वरुप म सर्बप्रथम दक्षिण कोरीया आँउदा कोरियन सिनेमाहरु नेपालमा रहँदा केहि फ्याट् फुट्ट हेरेपनि यहाँको सँगितको बारेमा केहि ज्ञान थिएन। तर आजकल यहाँका पनि केहि सँगीतहरु मलाई मनपर्छ र सम्पूर्ण शब्दहरु नबुझेपनि सँगीतको मेलोडीले कता कता तानिरहेको हुन्छ। त्यसैले ब्रायन एडम्सको नेपाल आगमनलाई पाश्चात्य सँगीतको प्रभावको रुपमा नबुझेर यसलाई नेपाललाई अन्तराष्ट्रिय कलाकारहरुको गन्तव्यस्थलको रुपमा परिणतगरी उनीहरुको सँगीत र बिश्वब्यापिकरणको फाईदा लिई नेपाल पर्यटन बर्ष २०११ र नेपाली पर्यटन क्षेत्रलाई दिर्घकालीन रुपमा सफल पार्ने रणनितिको रुपमा निर्माण गर्न सकिन्छ।  

शायद नेपालमा भएको भए जसरी भएपनि कन्सर्टमा साथीहरुसँग झुम्ने वातावरण बन्थ्यो होला तर यहाँ रहेर भएपनि भोलि दशरथ रँगशालामा ब्रायन-सँगीतमा झुम्न जाने सम्पूर्ण साथीहरुलाई शुभकामना र ब्रायन एडम्सका Everything I do..,  Summer of 69′,  Heaven,  Here I am, Please forgive me..,  Let’s make a night to remember..,  Run to you आदि र अन्य चर्चित गीतहरु सुन्दै आफ्नो प्रिय गायकलाई आफ्नो आँखा अगाडी देख्ने मौका पाउने साथीहरुलाई बधाई!!!

अन्त्यमा, ब्रायन एडम्सका धेरै चर्चित गीतहरुमध्ये मलाई मनपर्ने Heaven यहाँ राखेको छु।

मेरो ब्लगिङ र बर्ष २०११

ब्लगमा केही नयाँ लेख राख्छु भन्दा भन्दै गीतहरु मात्र अपडेट गर्दे बसेको पनि निकै समय वितिसकेछ। हुन त समय नभएर पनि होला, तर फुर्सद हुने वित्तिकै हिन्दी वा अँग्रेजी अनि राम्रा नयाँ वा पुराना क्लासिक चलचित्र कता छन् भन्दै हेर्न बसिहाल्ने वानीले पनि समय नदिएको हो कि भन्ने मेरो मेरो ठम्म्याई हो। (अली प्रचन्डे पारा पो भएछ..हा हा।)

अब यो ब्यबसाहिक लेखक नभएपछि लेख्न खासै मन पनि जाँदो  रहेनछ। लेख्यो आफैलाई के लेखे के लेखे जस्तो लाग्ने। फेरी लेख्न सुरु गर्यो के बिषयमा लेखु भन्ने सधैको समस्या। अरु ब्लगहरु यसो हेर्यो कोहि आफ्नै प्रर्यासमा केहि लेख्दै छन् त कोहि अर्काको टाँसो दुरुस्त आफ्नो ब्लगमा कपि-पेष्ट गर्नपनि भ्याएकै छन्। आफ्नै प्रयासमा कतै बाट सन्दर्भ सामाग्री लिएर नियमित ब्लगीङ गर्ने साथीहरुलाई त मान्नै पर्छ बा।।  आफ्नो त ढँग भए पो। फेरी अर्काको टाँसोलाई आफ्नो टाँसो बनाएर टाल्ने साथीहरु देखि पनि ईर्ष्या लागेर आउछ, कमसेकम त्यती गर्ने आँट भएको भएपनि त   अहिले सम्म  मेरो ब्लगमा  पनि  थुप्रै लेखहरु हुन्थे होलान्, आर्काईव सेक्सनमा जाँदा एउटै महिनामा वाह! कति लेख रहेछन है भन्दै मख्ख पनि परिन्थ्यो होला?

ब्लगीङ आफैमा रमाईलो छ। आफ्नो मनमा केहि विचार आयो फ्याट्ट लेखिदियो अनि प्रकाशित गर्यो। तर पनि लेख्नलाई मनमा केहि त फुर्नु पर्यो। अब आफू परीयो साईन्सको बिध्यार्थी, साहित्य कसरी फुराउने भन्ने अर्को धौ धौ सधै। हुन  त  साईन्सको बिषयमा लेखेपनि त हुने कस्ले छेक्या छ र? डा. तिर्थराज श्रेष्ठ अनि डा. दयान्नद बज्राचार्यले जस्तै नेपालीमा साईन्स सम्बन्धि लेख लेखे पनि त हुने। तै पनि लेख्न गारो काम हो बा। फेरी ब्लगमा पनि के को साईन्स नि भन्दै दिमागले ठाँउ नै  दिदैन? अब आज पनि हेर्नुस न के लेख्छु भन्दै थिए, आफ्नै लेखन पाराको बारेमा लेख्दा लेख्दै यहाँ आईपुगेछु।

हेर्दाहेर्दे अब २०१० पनि बिदा हुन लागिसकेको रहेछ। समय बित्न केहि गारो हुँदो रहेनछ। २०१० लाई स्वागत गरेको भर्खर जस्तो लाग्दै छ, विदाई गरेर २०११ लाई स्वागत गर्ने तरखरमा पो पुगीसके छौँ। यसै सन्दर्भमा “समय पँछी हो खुला यसको बन्धन बाधेर बाँधीदैन उड्छ निरन्तर” भन्ने धेरै पहिला सुनेको गीत याद आयो। सायद नबिर्सेको भए डेनी डेनजोम्पाको स्वरमा हुनुपर्छ यो गीत, तर चलचित्र चाँहि याद भएन। हुन त ३१ डिसेम्बर, २०१० र  जनवरी १ २०११ को विहानीमा खास फरक हुदैन तर पनि हामी सबै १ जनवरीको बिहानलाई महत्व दिन्छौ किनभने नयाँ सालबाट हामीले नयाँ कुराको अपेक्छ्या राखेका हुन्छौ। कोही   ब्यक्तिलाई गएको सालमा मिठा  पलहरुले  स्वागत गरे होलान् त कसैलाई तिता यादहरु पनि दिएर गए होलान्। जे होस सँसारको रितनै यो हो कि हामीले कुनै समय साच्चैनै मिठो र स्मरणीय पलहरु भोगेका हुन्छौ त कुनै समय निकै नै तितो र बिर्सनयोग्य पलहरु पनि भोग्न बाध्य हुन्छौँ। त्यसैले त भनिन्छ समयजस्तो बलवान कोही   पनि   छैन भनेर।

जस्तो  सुकै र जे भएपनि हामीले भबिष्यलाई देखेका हुदैनौ र समयले मानिसलाई कहाँ पुर्याउछ भन्ने पनि थाहा हुदैन। त्यसैले २०११ लाई सबै मिलेर राम्रो र उल्लासपूर्ण वातावरणमा स्वागत गरौँ किनकी यो सालमा विश्व  लगायत  हाम्रो जीवनमा  पनि  के कस्ता घटना घट्छ भन्ने भविष्यको गर्भमा नै छ। हामी यतिमात्र कामना गर्न सक्छौ कि आउने बर्षमा हाम्रो देशका नेताहरुको बुद्दि पलाओस् , जनताको सँबिधान चाँडो भन्दा  चाँडो   बनोस्, शान्ति प्रकृया चाडो निश्कर्षमा पुगोस्, जनताले देशमा लोडसेडिङ र महँगीको मार खेप्न नपरोस्, बिदेशमा रहेका सम्पूर्ण युवाहरुलाई स्वदेशमा रोजगारीको ब्यवस्था भएर आफ्नो देश फर्कने बातावरण बनोस्।

अन्त्यमा,  यस  ब्लगका सम्पूर्ण पाठकहरुको  बर्ष २०११ अत्यन्त उल्लासपूर्ण वातावरणमा बितोस भन्ने कामना अनि  यो ब्लगले यसैगरी  सधैँ  यहाँहरुको माया पाईरहोस भन्ने कामनासहित ” नयाँ   बर्ष २०११ को हार्दिक मँगलमय शुभकामना.”……..अस्तु!!!!!!!!!!!!!!

How to Make Your PC as Fast as the Day you Bought It

One of the most frustrating things in life is a slow computer.

Every few years, we buy an expensive new PC and love how fast it starts up, runs programs, and loads web sites. Inevitably, though it starts to slow down, until eventually we are pulling our hair out waiting for it to do routine tasks.

Why is this? It turns out the answer is actually quite simple and you don’t even need to be “technical” to understand the causes and solutions.

The good news, it’s not the computer hardware that’s the problem. In most cases the hardware you have is perfectly capable of being restored to its original glory and kept in fast running condition with minimal effort.

Rather, the problem lies with changes that occur to the PC’s software. The 2 most common causes of slowdown (along with easy solutions) are:

Registry errors – the most common problem

Every time you (or your kids) load a program, game or file, your PC’s software registery is updated with new instructions needed to operate that item. However, when the item is removed, these instructions usually remain on your PC. Every time you run your computer it tries to execute these instructions but, because the related program can’t be found, it causes a registry error. Your PC is doing a lot more work than it should be and the result is a significantly slower computer.

One of the best ways to manage this is with a neat little tool from a Seattle based company called the Advanced Registry Optimizer 2010 (ARO for short). This program scans, identifies and fixes registry errors – resulting in a computer that’s a lot more like it was when you first bought it. On top of the amazing results it offers, it’s so easy to install and use that it was recently awarded a coveted 4.5 star rating (out of 5) by CNET’s editorial staff.

You can now get a free working version of the software which will quickly scan your entire PC and identify all of the registry errors that may be bogging it down. The free version eliminates the first 100 errors and if you have more errors that you want to clean-up or want to set the program to run on a regular basis (recommended) you can easily upgrade to the full version for just $29.95. After that registry errors will no longer be a problem.

To get the free version simply click here.

Spyware and viruses

Spyware and viruses are software programs that are loaded on your computer without your knowledge or permission. They have various purposes, including:

-Changing the default search engine in your browser
-Tracking your web surfing habits and showing you targeted advertising
-Using your email program to send out spam to other email addresses
-Stealing your personal information

Most spyware and viruses get onto our computers through files that we download from the internet or as attachments to emails. They tend to take up a lot of computing power and as a result will significantly slow down the computer.

The simple rule of thumb to follow is to never download any free software programs from companies you do not know and trust, especially screensavers, emoticons and the like. In addition, you should never open any attachment to an email unless you are 100% certain you know and trust the sender. In addition, make sure you have a good anti-virus / spyware removal software running at all times.

Follow the above advice and your PC should stay fast and safe.

Source: Howlifeworks.com 2010

प्रचन्डको नियति

कमरेड ‘प्रचण्ड’को राजनीतिक यात्राको सारभूत लक्ष्य भनेकै सत्ता, बन्दुक र पैसा हो। जगन्नाथ खतिवडाको टिप्पणी

२४ वैशाखको शान्तिसभामा सहभागी काठमाडौंका शान्तिकामी नागरिकहरूलाई चर्को गाली गरेपछि थप आलोच्य बनेका एमाओबादीका अध्यक्ष पुष्पकमल दाहालले याक एण्ड यती होटलको बन्द कोठाभित्र केही मानिसलाई बोलाएर माफी मागेकोमा धन्यवाद दिनैपर्छ। खुलामञ्चमा हजारौँ जनतामाझ गाली गरेर सय-पचाससँग माफी माग्ने उनको चलाखी गजबको छ। उनले बुद्धिजीवी-व्यवसायीहरूसँग क्षमा मागिरहँदा आमजनतासँग झुक्ने जमर्को चाहिँ गरेनन्। मानौं, जनताको भावनासँग खेलवाड गर्नु उनका लागि सामान्य हो।

उनको परिभाषामा जो जनता थिएनन्, तिनका अगाडि लज्जाबोध भएको हाउभाउ गरे, धिमा स्वरमा बोले अनि सकस भए झैँ गरेर मलाई क्षमा दिनुहोस् भने। जम्मा एक प्रतिशत खराब बुद्धिजीवीलाई मात्र गाली गरेको भनेर खुलाए। उपस्थितहरूले पनि आफूहरू ९९ प्रतिशतमा परेको सम्झेको हुनुपर्छ। उता अध्यक्ष महोदयलाई लाग्यो होला- मैले आज फेरि यिनीहरूलाई थाङ्नामा सुताएँ, लौरो नभाँचिकनै सर्पलाई सिध्याएँ।

लाग्छ, समयले ठट्टा गरेको अहिलेको नेपाली राजनीतिमा केही व्यक्तिलाई नाम अनुसारको काम पनि जुरेको छ। माओवादीका अध्यक्षलाई नै हेरौं, जन्मेको ११औं दिनमा उनी छविलाल थिए। पुरोहितले न्वारानमा यही नाम राखिदिए। छवि अर्थात् सूर्यको किरण, तेज, सौन्दर्य आदि। त्यसपछि उनी पुष्पकमल अर्थात् फूल बने। जनयुद्धमा होमिएपछि पुष्पकमल उनलाई मनपर्ने नाम भएन। आफ्नो सिद्धान्त, ज, तेज र गतिलाई यो नामले थेग्न नसकेको अनुभव भएको हुँदो हो, आफ्नो न्वारान आफैं गरेर उनी प्रचण्ड बने। प्रचण्ड अर्थात् ज्यादै खरो, कसैसँग नदब्ने, नडराउने, सहन मुश्किल आदि। जे होस्, नाम अनुसारको काम गर्ने विरलै मानिसमध्ये परेकोमा बुद्धिजीवी, पेशाकर्मी र नागरिकहरूले प्रचण्डको समर्थन गर्नै पर्छ। आलोचना त ती विचराहरूको हुनुपर्छ, जो धनबहादुर नाम राखेर जीवनभर कङ्गाल रहन्छन्।

प्रचण्ड एउटा अतिवाद, उग्रवाद या सबैभन्दा चर्को अति हो। त्यसैले उनी विरोध चर्को गर्छन्, समर्थन पनि चाकरीकै शैलीमा गर्छन्। कहिले सुरुङ्ग युद्धद्वारा कुनै देशलाई ठेगान लगाउने अतिवादमा हुन्छन् त कहिले त्यही सुरुङ्ग मार्गबाट साउथ-ब्लकमा अवतरण गर्छन्। कहिले उग्रवामपन्थी अवसरवाद त कहिले उग्रदक्षिणपन्थी अवसरवादमा पुग्छन्। मानौं, प्रचण्डपथको मौलिकता नै यही हो।

एमावादीभित्र धेरैवटा प्रचण्डलाई एकसाथ हिँडिरहेको देख्न सकिन्छ। जो-कोहीलाई दम्भपूर्वक तथानाम गाली गर्न सक्ने, जसलाई पनि वर्ग शत्रु र दलाल देख्न सक्ने, आफ्नो बोली आफैंलाई प्रतिकूल हुनेबित्तिकै आफैं त्यस्तो हुन गएकाले क्षमा पाऊँ पनि भन्न सक्ने। प्रचण्ड शब्द नाम होइन, विशेषण नै बनिसकेको छ। तसर्थ प्रचण्ड शब्दलाई अध्यक्ष पदले मात्र धान्न नसक्ने देखिएकाले पार्टीका सबैको गुणवत्ता समेट्ने गरी उनीहरूको नाममा समेत प्रचण्ड उपसर्ग लगाउनु बुद्धिमानी हुनेछ। उदाहरणका लागि प्रचण्ड-लालध्वज, प्रचण्ड-किरण, प्रचण्ड-प्रकाश, प्रचण्ड-बादल आदि। यस्ता नामहरूले एमावादी पौरख, गौरव र सभ्यतालाई आत्मसात् गर्न सक्ने थिए।

बाबुराम भट्टराईलाई भारतले प्रधानमन्त्री बनाउन लागेको आरोप लगाएको भोलिपल्ट प्रचण्डले सो पदमा आफ्नै दावेदारी प्रस्तुत गरे। आमहडतालको बेला उनको कडा प्रस्ताव थियो- माधव नेपालले राजिनामा गरेर मात्र हुँदैन, प्रचण्डलाई प्रधानमन्त्री नबनाई आन्दोलन रोकिँदैन। तर फेरि एकाएक उनको अभिव्यक्ति सुनियो- नेतृत्व आजको मूल मुद्दा होइन। खुलामञ्चमा रौद्र रूपमा प्रकट भएका नेता चौथो दिनमा विनम्र देखिन खोज्नुलाई सकारात्मक नदेख्नु आमरूपमा पूर्वाग्रह हुनसक्दछ। यद्यपि, त्यसभित्र इमानदारी होइन, कुटिल विचार प्रक्षेपण गर्ने धूर्त्याइँ छ भनेर अनुमान गर्न गाह्रो पर्दैन।

अन्तरिम व्यवस्थापिका संसद्मा उपस्थित हुँदा ८३ जना मैलाधैला मानिसको अनुहार फुङ्ग उडेको देखिन्थ्यो। उनीहरू जनयुद्धको मैदानबाट भर्खरै फर्किएका मानिस भएकाले सम्मान गर्नुपर्छ भन्ने भाव अरू सांसद्हरूमा देखिन्थ्यो। त्यसो त संविधानसभा निर्वाचनपछि आएका सबै २४० मैलाधैला आज फक्रँदो जवानीमा प्रवेश गरे झैँ झ्रिला देखिन्छन्। र, अरूलाई अहोरात्र गाली अनि आफ्नो ढाकछोप गर्छन्।

सचेत नागरिकहरूको अनुमानमा एमावादीका अध्यक्ष महिनामा कम्तीमा ५-७ लाख रुपैयाँ खर्च गर्छन्। वर्ष दिनभरिमा एक हजारको नोट एकैपटक हातमा नपर्ने धेरै नेपालीका यी मुक्तिदाता नेता शानपूर्ण जीवनका लागि यतिका रकम सिध्याउँछन्। कठपुतली भनिएको सरकारबाट मासिक रु.८० हजार बुझ्छन्। करोडभन्दा बढी पर्ने सरकारी गाडी र सुरक्षा प्राप्त गर्छन्। उनका केन्द्रीय सदस्यहरू पनि कठपुतली सरकारको गाडी, ड्राइभर, इन्धन र सुरक्षा उपभोग गर्छन्। जिल्लाका नेता-कार्यकर्ताहरू भने पार्टीको नाममा स्वयंपाक्य बन्छन्।

आखिर यो सब केका लागि? यतातिर कमैले मात्र सोचेका छन्। केका लागि भने कमरेड प्रचण्डको राजनीतिक यात्राको सारभूत लक्ष्य भनेकै सत्ता, बन्दुक र पैसा हो। जसको राजनीतिक आदर्श नै सत्ता, बन्दुक र पैसामा छ, उसले पार्टी र जनताका लागि के नै पो सोच्ला र! आज उनीसँग पैसाको अनिकाल छैन। एउटा आन्दोलनमा अर्बौं रुपैयाँ खर्चने हैसियत छ। बन्दुक, बम, ग्रिनेडलगायत साना-ठूला हतियारको पौलो नै छ, नभए खुला सिमाना छँदैछ। घर जलाएर विगुत घस्ने महानता छ। नभएको त केवल सत्ता मात्र हो।

आफूसँग नभएको सत्ता प्राप्तिका लागि प्रचण्ड कहिले रुन्छन्, कहिले हाँस्छन्। कहिले गाली गर्छन्, कहिले श्राप दिन्छन्। कहिले हत्या, आतङ्कलाई प्रश्रय दिन्छन् त कहिले शिर निहुर्‍याएर माफी माग्छन्। याक एण्ड यती होटलको नाटक यही शृङ्खलाको छोटो दृश्य मात्र हो। माया गरुँ भन्दा गर्न नपाइने, गाली गरुँ भन्दा तिनको नृशंसतालाई सम्बोधन गर्ने शब्द नपाइने; औंलो दिँदा डुँडुलो समेत निल्ने प्रचण्ड अभ्यासबाट मुलुक अहिले आहत छ। यसर्थ बुद्धिजीवीहरू कृपया नरिसाउनुहोस्, बरु कविला सभ्यताबाट माथि उठ्न सघाउनुहोस् र प्रश्न गर्नुहोस्- के दुष्ट हुनु तपाईंहरूको नियति हो?

साभार: हिमाल खबरपत्रिका, बर्ष-२०, अँक-३